बीपी प्रतिष्ठानका भिसीले डा. पोख्रेललाई सोधे स्पष्टीकरण

काठमाडौँ- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट सदस्य प्रा. डा. पारसकुमार पोख्रेललाई उपकुलपति कार्यालयले स्पष्टीकरण सोधेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धिकरण अभियानले बीपी कोइरालाको वार्षिकोत्सव कार्यक्रममा सहभागी भएको भन्दै स्पष्टीकरण सोधेको हो । अभियानको सबैले प्रस्ताव गरेपछि प्रा.डा. पोखरेलले कार्यक्रमको संयोजकत्त्व गरेका थिए ।
स्वास्थ्यकर्मी तथा कर्मचारीले बीपी जयन्तीको अवसरमा शालिकमा माला लगाउँन आग्रह गर्दा माला लगाएकोले स्पष्टीकरण सोधिएको डा. पोखरेलले जानकारी दिए । उनलाई भिसि कार्यालयले पत्र काटीसकेको छ । प्रतिष्ठानको छविमा आँच आउने काम गर्यो भन्दै तपाईलाई कारबाही किन नगर्ने भनि स्पष्टिकरण सोधिएको छ ।
पत्रमा तीन दिन भित्रमा स्पष्टीकरण दिनुपर्ने माग गरिएको उनले बताए ।' मैले के गल्ती गरेको छु, मैले के आधारमा स्पष्टीकरण सोधिएको हो त्यस विषयमा जवाफ माग्छु,' उनले भने ।
पूर्वाग्रही राखी मलाई जवाफ मागिएको हुन सक्ने पोख्रेलले बताए । प्रतिष्ठानमा भिसी विरुद्ध आवाज उठिरहेको छ । पोख्रेलले सिनेट बैठक बोलाएर प्रतिष्ठानमा भएको समस्या समाधान गर्न आग्रह गरेका थिए ।
डा.पोख्रेललाई प्रष्टीकरण सोधिएको विरोधमा प्रतिष्ठानको शुद्धिकरण अभियानले आपत्ति जनाएको छ । स्पष्टीकरण तत्काल फिर्ता लिन पनि माग गरेको छ । अभियानले सोधिएको स्पष्टीकरण फिर्ता नभएमा भोलि बिहान उपकुलपति कार्यालय भेला हुने पनि जनाएका छन् ।

प्रत्यारोपणमा प्रयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

प्रतिक्रिया