लोकतान्त्रिक गणतन्त्रलाई थप समृद्ध बनाउनुपर्छ : मन्त्री भुसाल

ललितपुर - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक गणतन्त्रको मूल्य मन्यतालाई थप समृद्ध बनाउनुपर्ने बताएकी छन् । समाजसेवी तथा किसान नेता अष्टमान महर्जन र चन्द्रबहादुर महर्जनको स्मृतिमा ललितपुरस्थित महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा निर्माण गरिएको सालिक अनावरण कार्यक्रममा बोल्दै भुसालले यस्तो बताएकी हुन् ।
उनले सहिदको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक मूल्य मान्यतालाई समृद्ध बनाउँदै लानमा जोड दिएकी छन् । नेपालको संविधानले ग्यारेन्टी गरेको जनताको अधिकारलाई संरक्षरण गरेर अगाडि बढ्ने दृढता व्यक्त गर्दै मन्त्री भुसालले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थाको रक्षा गर्दै थप अधिकारका निम्ति निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले चन्द्रबहादुर र अष्टमानले गरिब, निमुखा र श्रमजीवी जनताको पक्षमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनीहरूप्रति उच्च सम्मान व्यक्त गरिन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया