ललितपुरका यी पालिकामा भयो नेपाली कांग्रेसको अधिवेशन

ललितपुर - ललितपुरमा नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशन सोमबार सम्पन्न भएको छ । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने स्थानीय तहको अधिवेशनबाट पदाधिकारीहरू चयन भएका छन् ।
अधिवेशनबाट बागमती गाउँपालिकाको सभापतिमा वीरबहादुर लामा, उपसभापतिमा जगत लो, उपसभापतिमा ओमनाथ तिमल्सिना आकाश, सचिवमा सुजन घिमिरे र डोलकेशर दाहाल, सहसचिवमा कल्याण लामा र केदारमान भुलुन, कोषाध्यक्षमा विष्णुबहादुर बस्नेत निर्वाचित भएका छन् ।
यस्तै महाँकाल गाउँपालिकाको सभापतिमा खोमप्रसाद दाहाल, उपसभापतिमा पुरुषोत्तम घिमिरे र ठक्करप्रसाद घिमिरे, सचिवमा वालकृष्ण तिमल्सिना र बाबुलाल स्याङ्तान, सहसचिवमा केशव सुवेदी र सुभास बजगाईं निर्वाचित भएका छन् ।
यसैगरी गोदावरी नगरपालिकाको सभापतिमा प्रदीप जोशी, उपसभापतिमा कवि बस्नेत र राजेशध्वज कार्की, सचिवमा उपेन्द्र आचार्य र राजेन्द्र महर्जन, सहसचिवमा वसन्तराम डंगोल र ज्ञानबहादुर थिंङ निर्वाचित भएका छन् ।

अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्ने

वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने

लुम्बिनी महामन्त्री विक्रम खनाललाई कांग्रेसले गर्यो पार्टीबाटै निस्कासन

प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?
उद्धार, राहत र मानवीय सहयोगमा समन्वय गरी जुट्न कार्यकर्तालाई रास्वपाको आह्वान

रसुवामा बाढी : केन्द्रीय सुरक्षा समितिको बैठक १ बजे

सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

प्रतिक्रिया