राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा खारेज

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ खारेज गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जनन्नाथ पन्थले विज्ञप्तिमार्फत जनाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अपरान्ह राजनीतिक दलसम्बन्धी अध्यादेश–२०७८ फिर्ता गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सिफारिस गर्ने निर्णय बमोजिम भएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने सिफारिस राष्ट्रपतिले स्वीकृत गरेकी हुन् ।
केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमा २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधानसहितको अध्यादेश ल्याइएको थियो । त्यो अध्यादेश फिर्ता नलिएमा आफूहरूको दल फुट्ने, जनता समाजवादी पार्टीले बताइरहेको थियो । त्यही अध्यादेशका कारण गठबन्धन सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको थिएन् ।
अध्यादेश आएपछि एमाले र जसपा विभाजित भएका थिए । दुबै दल विभाजनको प्रक्रिया टुंगिएपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सत्ता गठबन्धनका नेताहरूका अनुसार अब मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री र सत्तारुढ दलका शीर्ष नेताहरू लागेका छन् ।

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

हवाई टिकटको मूल्य घटाउन पहल भइरहेको छः मन्त्री पाण्डे

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

प्रतिक्रिया