रथी हमाल अनिवार्य अवकाश : सिरियामा फोर्स कमान्डर निरन्तर

काठमाडौँ - सिरियाको गोलनहाइट स्थित राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनमा फोर्स कमान्डर रहेका रथी ईश्वर हमालले नेपाली सेनाबाट अवकाशपछि पनि फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्न पाउने भएका छन् । अवकाशपछि उनले आगामी पाँच महिना गोलहाइट अन्तरगत रहेर शान्ति मिसनमा खटेका विश्वसैनिकलाई नेपाली सेनाको रथीकै रुपमा नेतृत्व दिनेछन् । दुई वर्षे कार्यकाल सकाएरु आएपछि उनी सिधै अवकास जीवनमा जानेछन् । तर जंगि अड्डाको लागि हमाल असोज २५ वाटै अवकाशमा हुनेछन् ।
यूएन शान्ति मिसन
उनी १९ महिनादेखि गोलन हाइटमा फोर्स कमान्डरको रूपमा कार्यरत छन् । फोर्सकमान्डर रहँदैमा उनी गत वर्षको असारमा रथी भएका हुन् । नेपालले उच्च तहको पद सहजै प्राप्त गर्न नसक्ने भएकाले अवकासपछि पनि उनलाई निरन्तरता दिन मिल्ने भएर नेपाली सेनाले यस्तो निर्णय लिएको हो । मिलेको मौका पनि नेपालमा हुने जागिरको हदले जाने भएपछि सेनाले यस्तो अवसर गुमाउन नचाहेको हो ।
सरकारले चाहेर मात्र पनि यो पद प्राप्त हुँदैन । प्रतिशपर्धामा खरो उत्रन सक्ने काविल उपरथि र सरकारको सिफारिससँगै मिलेमा मात्र यो पद सम्भव हुन्छ । फोर्स कमाण्डरका आकांक्षीहरुबीच अन्तराष्ट्रिय प्रतिशपर्धा र परीक्षा नै हुन्छ । रथी भएपछि ५८ वर्ष भित्र प्रधानसेनापति नहुने भएपछि प्रायः यहीबीचमा सेवा निबृत्त हुन्छन् । ५८ वर्ष उमेरको हद रथीका लागि तय छ ।
यूएन शान्ति मिसन
उनको निवृत्ति पछि खाली रहेको् स्थानमा वरिष्ठ उपरथी सरोजप्रताप राणाको नाम अग्रस्थानमा छ । यद्यपि निर्णय हुन बाँकी छ । हमाल दुई वर्षका लागि फोर्स कमाण्डरको रुपमा गोलनहाइट गएका हुन । उनी रथी भएपछि पनि नेपालमा जिम्मेवारीमा रहन पाएनन् । उनले त्यहीको जिम्मेवारी सम्हालि रहे । उनको जिम्मेवारी समेत हालका प्रधानसेनापति प्रभुराम शर्मा रथी रहँदा सम्हाले । शर्मा बलाध्यक्ष र बलाधिकृत दुवैको जिम्मेवारी सम्हाल्ने रथीबाट प्रधानसेनापति भएका हुन् ।
उमेरका कारण यहाँ अवकास भए पनि विदेशमा भने उही पदमा निरन्तरता दिने निर्णय नेपाली सेनाले पहिले नै गरेको थियो । जुन निर्णय हमाललाई पनि सहयोगी बनेको छ । सेनका प्रवक्ता सन्तोष बल्लभ पौड्यालले पनि नेपालमा अवकाश भए पनि विदेशमा भने उही पदलाई निरन्तरता दिने निर्णय यसअघि नै भएको जनाएका छन् ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया