चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला

चितवन- चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैँडा मृत फेला परेको बताए । 'धानबाली खानेक्रममा स्थानीयवासीले रड घोपेर मरेको अनुमान गरेका छौँ', बराललले भने, 'यस विषयमा थप अनुसन्धान अगाडि बढाएका छौँ ।' गैँडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागी आइतबार राति सो गैँडा मरेको भए पनि सोमबार मृत भेटिएको बरालले बताए ।
'हामीले ट्रयापिङ गर्दा जिउँदै थियो, मध्याह्नतिर झाडीमा मृत फेला पर्यो', उनले भने । गैँडा मृत फेला परे पनि गैँडाको खाग र खुर भने सुरक्षित रहेको बरालको भनाइ छ । चालु आर्थिक वर्ष २०७८/७९ मा मात्रै विभिन्न कारणले आठवटा गैँडा मरिसकेका छन् । राष्ट्रिय गैँडा गणना विसं २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् । रासस

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

प्रतिक्रिया