अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न बुधबार पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले बुधबार दिउसो एक बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
'सरकारले हठात् जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न भोलि दिउसो पदाधिकारी बैठक बोलाइएको छ,' प्रवक्ता शर्माले इकागजसँग भने, 'बैठकमा पूर्वपदाधिकारी र काठमाडौँमा उपलब्ध शीर्ष नेताहरू पनि सहभागी हुनुहुन्छ ।'
राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी थिइन ।
अध्यादेश जारी गरेमा परिषद् बैठकमा सहभागी नहुने विपक्षी दलका नेता देउवाले बिहानै बसेको परिषद् बैठकमा बताएका थिए । त्यही भनाइ अनुरुप देउवा साँझ बसेको परिषद् बैठकमा सहभागी भएनन् । अध्यादेश जारी भएपछि अब कसरी अगाडि बढ्ने भनेर पार्टीको धारणा तय गर्न बैठक बोलाइएको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया