नेपालमै कोभिड-१९ विरुद्ध खोपको क्लिनिकल ट्रायल गर्न अनुमति

काठमाडौँ - सानोफी र जीएसकेले नेपालमा कोभिड-१९विरुद्धको खोपको क्लिकल ट्रायल गर्न अनुमति पाएको छ । खोपसम्बन्धी अनुसन्धान, आविष्कार र विकास गर्ने अन्तर्राष्ट्रिय संस्था आइभीआइले नेपालमा तेस्रो चरणको क्लिनिकल ट्रायल गर्दैछ ।
मुलुकका तीन क्षेत्रमा बाँडिएर चार हजार स्वयमसेवक परिचालन गर्ने लक्ष्य राखेको छ । ग्लोबल क्लिनिकल ट्रायलको सहायताको लागी स्थानीय डाटा संकलन गर्नेछ । आइभीआइको नेतृत्वमा यो तेस्रो चरणको अध्ययनले नेपालमा खोप अनुसन्धान र विकासको लागी क्षमता र पूर्वाधार निर्माण गर्न जारी राख्नेछ ।
कोभिड-१९ को खोप उपलब्ध हुने बित्तिकै अध्ययनका सहभागीहरूलाई अध्ययनको क्रममा अनुमोदित कोभिड-१९ को खोप लगाउन प्रोत्साहित गरिन्छ । अध्ययन डिजाइनको भागको रूपमा,अध्ययन खोप सुरक्षित र प्रभावकारी साबित भएसँगै नियन्त्रण समूह सहित सबै सहभागीहरुलाई उपलब्ध गराइनेछ ।
अन्तर्राष्ट्रिय खोप संस्थान संयुक्त राष्ट्र विकास कार्यक्रमको पहलमा १९९७ मा स्थापित एक गैर नाफामुखी अन्तरसरकारी संस्था हो। आइभीआइको सन्धिमा कोरिया, स्वीडेन, भारत र फिनल्याण्ड सहितका ३६ देशहरू र विश्व स्वास्थ्य संगठन छन्।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया