धमाधम छायांकनमा ‘अञ्जली’

काठमाडौं - फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गरिरहेको फिल्म ‘अञ्जली’ हाल उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ । घरेलु हिंसा तथा बालबालिका अपहरणलाई मुख्य विषय बनाइएको फिल्ममा कथा र निर्देशन दिनेश लिङ्देनको छ ।
फिल्ममा एलिना बासकोटा, दिक्पाल कार्की, विमला खजुम लिम्बु, हाङ चेम्जोङ, विमला गिरी, यासेली योङहाङ, शर्मिला शर्मा, नरेश वनेम, प्रजलिका गिरी, सागर केरुङ, विशाल सेनेहाङ, दिविसा सापकोटा, जनक कार्की, नन्दु तुम्बापो, अजय खडका, दिनेश माङमु, पुन्य ओझा, माइकल तुम्बापो, बिमल ढुङ्गेल, दावा शेर्पा, पे्रम आले मगर, देब राई, मेख मगरको अभिनय रहेको छ ।
सुशिल अधिकारीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य रहेको फिल्ममा कविता राई लिङ्देन, मणि ताम्लिङ र राम दाहाल निर्माता छन् । फिल्म आगामी मंसीरमा रिलिज हुनेछ ।

हलिउड अभिनेता जारेड लेटोमाथी ९ महिलामाथी यौन दुर्ब्यबहारको आरोप

आमिर खानकी आमाले ९१ वर्षमा गरिन् बलिउडमा डेब्यु

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

प्रतिक्रिया