मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

मंगलबार देशभर थपिए ११५८ कोभिड संक्रमित

फाइल तस्बिर

काठमाडौँ- मंगलबार देशभर ११५८ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३ जनाको कोभिड परीक्षण गरेको थियो । पीसीआर ९०४ र एन्टीजेन्ट विधिबाट २५४ जनामा कोभिड पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३१८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भइसकेका छन् । १२ जनाको मृत्यु र हालसम्म ११ हजार ११५ जनाको मृत्यु भइसकेको छ । देशभर १८ हजार ४२२ सक्रिय संक्रमित छन् ।

आईसीयूमा ३६४ र भेन्टीलेटरमा १२० जना उपचाररत छन् । होम आईसोलेसनमा १७ हजार १२५, संस्थागत आईसोलेशनमा १२९७ र क्‍वारेन्टाइनमा ३२८ जना छन् ।