मंगलबार उपत्यकामा थपिए ३८३ संक्रमित

काठमाडौँ- उपत्यकामा मंगलबार ३८३ कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौँमा २७०, ललितपुरमा ६९ र भक्तपुरमा ४४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा सक्रिय संक्रमित पाँच हजार भन्दा कम छन् । कुल सक्रिय संक्रमित ४ हजार ४४२ जना छन् ।
काठमाडौँमा सक्रिय संक्रमित २४९६, संक्रमणमुक्त २ लाख ३९ हजार १५८, मृत्यु २१४१ र कुल संक्रमित २ लाख ४३ हजार ७९५ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित ८१३, संक्रमणमुक्त २७ हजार ७९९, मृत्यु ४२५ र कुल संक्रमित २९ हजार ३७ जना छन् ।
त्यसैगरी ललितपुरमा ११३३, संक्रमणमुक्त ४६१८५, मृत्यु ६६६ र कुल संक्रमित ४७ हजार ९८४ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया