३८ मेगावाटको आँखुखोलामा लगानीको स्रोत जुट्यो

काठमाडौँ – धादिङको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिकामा ३८ मेगावाट क्षमताको माथिल्लो आंखु खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा नेपाल एसबिआइ बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक नेपाल, र सिभिल बैंकबाट ऋण लगानी गर्ने गरी प्रवद्र्धक कम्पनी एवं बैंकहरुबीच मंगलबार सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ ।
परियोजनाको अनुमानित लागत करीब ७ अर्ब ३३ करोड रुपैयाँमा बैंकहरुको ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ५ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण लगानी रहनेछ र २५% स्वपुँजी प्रवर्धकहरूबाट जुटाइने छ ।
आयोजनाको निर्माण आगामी चार वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । जसका लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा छ, । निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको नुवाकोट स्थित त्रिशुली ३ बी हव सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट घन्टा र वर्खामा १५२.४३८ गिगावाट गरी बार्षिक २१९.१३८ गिगावाट घन्टा खुद विद्युत्उत्पादन हुनेछ ।

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रतिक्रिया