ट्रयाक्टरबाट लड्दा एकको मृत्यु

कैलाली- ट्रयाक्टरबाट लड्दा एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-४ राजिपुरबाट बालुवागडा तर्फ गइरहेको से २ त ७१ नम्बरको ट्रयाक्टरबाट खसेर घाइते भएका सोही ठाउँका १५ वर्षीय आशिष चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गौरीगंगा सामुदायिक वन नजिकै गौरीगंगा नगरपालिका ४ राजिपुर बस्ने कर्णबहादुर खत्रीले चलाएको ट्रयाक्टरमा काम गर्ने चौधरी ट्रयाक्टरबाट खसेर घाइते भएका थिए ।
चौधरीलाई उपचारको लागि धनगढीस्थीत निसर्ग अस्पतालमा ल्याइएको भएपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्रयाक्टर चालक र ट्रयाक्टर जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा रहेको जनाइएको छ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया