मुख्यमन्त्री लालबहादुर राउतले असोज २० गते विश्वासको मत लिने

काठमाडौँ - प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले विश्वासको मत लिने भएका छन् । असोज २० गतेको लागि प्रदेश सभाको विशेष अधिवेशनमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गते प्रदेश सभा अधिवेशन आह्वानको लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि प्रदेश सभामा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भए वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।
१०४ सदस्यीय प्रदेश सभामा जसपाका ३९, कांग्रेसका १९, माओवादीका ८ सांसद छन् । नेकपा (एकीकृत समाजवादीका १३ सांसद छन् । एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने तयारी गरिएको छ । मुख्यमन्त्री राउतको सचिवालयले पनि २० गतेको अधिवेशनमा विश्वासको मत लिने बताएको छ ।

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

प्रतिक्रिया