मृत्यु भइसकेका व्यक्तिका नाममा भत्ता लेनदेन गर्ने कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ – विगत ८/१० वर्ष अगाडि नै मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता वापतको रकम निकासा गर्ने तत्कालीन गाविसका कर्मचारीहरूविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध काठमाडौँ विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगको अनुसन्धानमा उदयपुर जिल्ला साविकको रामपुर ठोक्सिला गाउँ विकास समितिमा आर्थिक वर्ष २०६३/०६४ देखि आर्थिक वर्ष २०७१/०७२ सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको मृत्यु र मृत्यु दर्ता भएपछि पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको खुलेको थियो । मृतक लाभग्राहीहरुको नाममा र दोहोरो नामको भरपाईबाट समेत सामाजिक सुरक्षा भत्ता १६ लाख ४० हजार पाँच सय रुपैयाँ हिनामिना गरेको देखिएको छ ।
तत्कालीन गाविस सचिव तथा हाल मालपोत कार्यालयका नायव सुब्बा केशव प्रसाद आचार्यले ९ लाख ९० हजार पाँच सय रुपैयाँ, तत्कालीन गाविस सचिव हाल रौतामाई गाउपालिका वडा नं ७ को वडा सचिव पदमा कार्यरत खरिदार लोकेन्द्र कार्कीले ७८ हजार रुपैयाँ हिनामिना गरेको उल्लेख छ । तत्कालीन गाविस सचिवतथा हाल उदयपुरको तथ्याङ्क कार्यालयका खरिदार विसाल सुन्दासले ८२ हजार रुपैयाँ, तत्कालीन गाविस सचिव तथा हाल रौतामाई गाउँपालिकाको कार्यालयमा छैठौँ तहका अधिकृत माधवप्रसाद खतिवडाले ३ लाख १४ हजार रुपैयाँ र तत्कालीन गाविस सचिव पद र हाल अवकास प्राप्त शाखा अधिकृत पुष्पराज सिग्देलले एक लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको आयोगको ठहर छ ।

सुनिल पौडेलबिरूद्द अर्को भ्रष्टचारको मुद्दा

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’

पाटन अदालतको इतिहासमा पहिलो पटक दुई वर्षे मुद्दा शून्यमा

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छा…

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र

न्याय परिषद्लाई बारको ध्यानाकर्षण

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

प्रतिक्रिया