प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

जनकपुरधाम - प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बर्दिबासस्थित अख्तियार कार्यालयको सहकार्यमा केन्द्रबाट खटेको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।
प्रदेश २ सरकारद्वारा संचालित ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छात्राहरूलाई गरिएको साइकल वितरणमा साइकल वितरणमा अनियमितता भएको भन्दै अख्तियारले छापा मारेको बताएको छ ।
साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात अनुसन्धानका लागि छापा मारेको बुझिएको छ ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालयमा साइकल खरिदसम्बन्धी फाइल अनुसन्धानका लागि टोली त्यहाँ पठाइएको बताए । फाइलहरू नियन्त्रणमा लिई थप अनुसन्धानका लागि केन्द्रमा पठाउने उनले जानकारी दिए ।
प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो । सो क्रममा १५ हजारभन्दा बढी साइकल ८ कक्षामा अध्ययनरत छात्रालाई वितरण गरिसकेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया