मिर्गाैला पीडितको नाममा ठगी गर्ने पक्राउ
पाल्पा - पाल्पामा मिर्गाैला पीडितको नाममा ठगी गर्ने पक्राउ परेका छन् । मिर्गाैलापीडित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले पक्राउ गरेको हो । पाल्पा सदरमुकाम तानसेनबाट नगदसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गोरखा पालुङटारका दीपक भन्ने ३६ वर्षका प्रदीप गुरुङ, मोरङग उर्लाबारी नगरपालिका– ९ का धनबहादुर विश्वकर्मा, पथरी शनिश्चरे नपा ९ का राजेश खरेल, झापा कनकाईका केदार विक र सूर्यबहादुर विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पा सदरमुकाम तानसेनको बसपार्कस्थित करुवा होटलमा अवैध रुपमा चन्दा सङ्कलन गरी लुिकछिपी बसेको सूचनाका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ हो । उनीहरुको साथबाट २१ हजार २५५ बरामद गरिएको प्रहरीको दाबी छ ।
सामाजिक सहयोग अभियान नेपाल नामक संस्थाको नाममा १३ वटा रसिद काटेको र १९ वटा नकाटेको रसिद भेटिएको छ । पक्राउ गरिएका पाँचजना अभियुक्तलाई जिल्ला अदालत पाल्पामा हाजिरी गराई म्याद थप गरी कारवाही अगाडि बढाएको जनाएको छ ।रासस

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कृत

खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

आगलागीबाट आठ घर, आठ पाली जलेर नष्ट

प्रतिक्रिया