कोरोना बीमा भुक्तानीमा आनाकानी, अध्ययन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले कोभिड-१९ बीमादाबी भुक्तानी सम्बन्धमा अध्ययन गरी प्रक्रिया अघि बढाउन बीमा समितिलाई निर्देशन दिएको छ । बीमा कम्पनीहरूले बीमितहरूलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । सरकारले पनि बीमा भुक्तानी गर्ने विषयमा आनाकानी गर्दै आइरहेको छ ।
विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन् । बुधबार मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरूलाई बोलाएर कोभिड-१९ बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरे । यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका हुन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह

सरकारले ९ महिनामा तीन खर्ब ६६ अर्ब ऋण उठायो, साढे दुई खर्ब बढी साँवा–ब्याज त…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका निर्देशक भट्टले दिए राजीनामा, गभर्नर बन्दै

सुनको मूल्य ८ सय रूपैयाँले घट्यो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

प्रतिक्रिया