ब्रिट्नीले जितिन् आफ्नै बुबासँगको मुद्दा

लसएन्जल्स - गायिका तथा अभिनेत्री ब्रिट्नी स्पेयर्सले आफ्नै बुबालाई संरक्षकबाट हटाउन हालेको मुद्दा जितेकी छिन् । लसएन्जल्सको अदालतले बुधबार ब्रिट्नीका बुबा जेमी स्पयर्सलाई ब्रिट्नीको संरक्षकको रुपमा अलग हुन आदेश दिएको छ ।
अदालतले संरक्षकको रुपमा जेमीले लिएको जिम्मेवारी ब्रिट्नीको हितमा नरहेको निष्कर्ष निकाल्दै उनलाई संरक्षणकर्ताको रुपमा निरन्तरता दिइरहन आवश्यक नभएको निर्णय सुनाएको हो ।
सन् २००८ मा ब्रिट्नीले असामान्य व्यवहार देखाउन थालेपछि ब्रिटनीको सम्पूर्ण कुराको रेखदेख गर्ने गरी ‘कन्जरभेटसिप’को स्थापना भएको थियो । तर, तीन महिनाअघि ब्रिट्नीले ‘कन्जरभेटसिप’ले आफ्नो जीवन तहसनहस बनाएको बन्दै अदालतमा गुनासो गरेपछि अदालतले ब्रिट्नीलाई मुक्त गर्ने निर्णय गरेको हो ।
योसँगै ब्रिट्नी १३ वर्षअघिको स्थितिमा पुगेकी छिन् ।
ब्रिट्नीले अदालतमा बुबासँग स्वतन्त्रताको लडाइँ लडिरहँदा नै यो महिनाको सुरुमा प्रेमी साम असघारीसँग इन्गेजमेन्ट गरेकी थिइन् । अदालतको निर्णयलाई ब्रिट्नी र साम दुवैले इन्स्टामा सांकेतिक रुपमा स्वागत गरेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया