हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ

काठमाडौँ - हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । असोज १३ मा बसेको बैंकको सञ्चालक समितिले उनलाई निर्वाचित बनाएको हो । यसअघि अध्यक्षमा तुलसीप्रसाद गौतम थिए । गौतम अध्यक्ष रहेको कार्यकालयमा नेपाल इन्भेष्टमेन्ट बैंकसँग एकआपसमा गाभिने सम्झौता भएको थियो ।
मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा रहनेछन् । मर्जरपछि बन्ने बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ । यस्तै, निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ, कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ र सञ्चित कोषमा १९ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ ।

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट का…

प्रतिक्रिया