सेती प्रादेशिक अस्पताललाई तीन सय शैय्याको अस्पताल बनाउने प्रक्रिया सुरु

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई तीन सय शैयाको बनाउन प्रकृया अघि बढाएको छ । प्रदेशको मन्त्रिपरिषदको आज बसेको बैठकले सेती प्रादेशिक अस्पताललाई तीन सय शैय्या बनाउन विस्तृत परियोजना अध्ययन(डीपीआर) प्रतिवेदन तयार गरी त्यसको अनुमानित लागत, डिजाइन र टेण्डरका लागि समेत गरी एक करोड रुपैया स्वीकृत गरेको छ ।
प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सेती प्रादेशिक अस्पताललाई तीन सय शैयाको बनाउन प्रकृया थालिएको बताउदै मन्त्री परिषदको बैठकले सुदूर पश्चिम प्रदेश लोक सेवा आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन प्रदेश सभामा पेस गर्ने निर्णय समेत गरेको बताइन ।
त्यस्तै प्रदेश सभाको आठौ वर्षे अधिबेशन शुक्रबार राति १२ बजेबाट अन्त्य गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी प्रदेश उच्च शिक्षाको संभाव्यता अध्ययनका लागि गठन भएको कार्यदललाई समेत बैठकले पूर्णता दिएको छ।
प्राविधिक शिक्षाविद डा. खेमराज जोशीको संयोजकत्वमा नौ सदस्यीय कार्यदलले आजको बैठकबाट पूर्णता पाएको छ । त्यसैगरी मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिमको डोटी,डडेल्धुरा र कञ्चनपुरमा प्रदेश लेखा इकाई कार्यालय गठन गर्ने र तीन वटै कार्यालयमा ५/५ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

मृगौला सुरक्षित गर्ने भए नियमित खानुहोस् यी चार कुरा

प्रत्यारोपणमा प्रयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

प्रतिक्रिया