चार राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष फ्रान्स, जर्मनी, नर्वे र इजिप्टका राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि फ्रान्सका जिल बुरबाओले, इजिप्टका नोहा हम्दी अहमद एलगेब्ली, जर्मनी, डा थाँमस हाइनरिस प्रिन्ज र नर्वे तोरुन ड्रामदालले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
सबै राजदूतहरुले उक्त अवसरमा दुई पक्षीय हितका विषयमा राष्ट्रपतिसँग छुट्टा छुट्टै भेटवार्ता पनि गरेका थिए । उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र सचिव भरतराज पौड्याल तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया