मुख्यमन्त्री राउतले नैतिकताको आधारमा राजीनामा दिनुपर्नछ : प्रतिपक्षी दल

जनकपुरधाम - प्रदेश २ का प्रतिपक्षी दलहरूले अख्तियारले आफ्नो कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने बताएका छन् । उनीहरूले अख्तियारको छानबिनमा सहयोग गर्न मुख्यमन्त्री राउतले राजनीमा दिनुपर्ने माग राखेका हुन् ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छात्राहरूलाई वितरण गर्न साइकल खरिद गर्दा अनियमितता भएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मारेको थियो । यो घटनाले प्रदेशका जनताको शिर निहुरिएकोले मुख्यमन्त्रीले नौतिकताको आधारमा राजनीमा दिनुपर्ने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य परमेश्वर साह बताए । उनले पटक-पटक ताकेताका बाबजुद फाइल नबुझाएपछि बुधबार अख्तियारले मुख्यमन्त्री कार्यालयमा गरेको छापा मार्नु सही भएको र भ्रष्टाचारीहरुका लागि सबक भएको बताए ।
प्रदेश सरकारले तीन वर्षको अवधिमा सरकारको सर्वोच्च निकाय भनिएको मुख्यमन्त्री कार्यालयमै भ्रष्टाचारको आरोप लगाउँदै छापा मार्नुले प्रदेशका जनताको शिर निहुरिएकोले र छानबीनमा अख्तियारलाई सहज बनाउन मुख्यमन्त्री लालबाबु राउतलाई नौतिकतामा आधारमा राजनीमा दिनुपर्ने माग गरे ।
उनले भने यदि मुख्यमन्त्री भ्रष्टाचार नगरेको भए छानबिनमा सहयोग गर्न बाटो खुल्ला गरिदिनु पर्ने बताए । राजीनामा नदिए मुख्यमन्त्री राउतले आफ्नो कर्तुत लुकाउन पदको आडमा अख्तियारलाई मिलाएर मुद्दालाई कमजोर बनाउन सक्ने प्रतिपक्षीको भनाइ छ ।
प्रतिपक्षी दल एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेकोले आफूहरूले पटक-पटक छानबिनको माग गर्दै आएको बताउँदै अख्तियारले साइकल खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै मारेको छापा भ्रष्टाचारविरुद्ध राम्रो सुरुवात भएको बताए ।
साइकल खरिद प्रक्रियाको मात्र होइन मुख्यमन्त्री कार्यालयबाट संचालित अन्य योजना तथा प्रदेश सरकारका विभिन्न मन्त्रालयमा समेत अनुसन्धान हुन जरुरी रहेको उनले बताए । अख्तियारलाई छानबिनमा सहयोग गर्न मुख्यमन्त्रीले तत्काल राजीनामा दिई बाटो सहज गर्नुपर्ने उनले बताए ।
यसैबीच लोसपाको भातृ संगठन लोकतान्त्रिक समाजवादी विद्यार्थी संघ बाराले कलैयामा मुख्यमन्त्रीको राजनीमा माग्दै विरोध प्रदर्शन नै गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया