मुस्कानलाई एसिड प्रहार गरी घाइते बनाएका युवक फेरि प्रक्राउ

वीरगञ्ज- वीरगञ्जकी मुस्कान खातुनलाई एसिड प्रहार गरी घाइते बनाएका युवकलाई प्रहरीले फेरि पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-२ छपकैया बस्ने १९ वर्षीय समशाद मियाँलाई प्रहरीले फेरि पक्राउ गरेको हो ।
दुई वर्ष पहिले २०७६ साल भदौ २० गते वीरगञ्ज-४ गणेशमान चोकमा तत्कालीन १५ वर्षीया मुस्कान खातुनलाई सम्साद र मजिद आलमले एसिड प्रहार गरेका थिए । घटनालगतै पक्राउ परेका सम्साद र मजिदविरूद्ध ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्नेसम्बन्धी कसूरमा अनुसन्धान तथा अभियोजन भई पर्सा जिल्ला अदालतको आदेशले दुवै जनालाई तत्काल पुर्पक्षको लागि बालसुधार गृह पठाइएको थियो । तर कोभिड-१९ को पहिलो लहरको संक्रमणका बेला २०७६ साल चैत ११ गतेको अदालतकै आदेश अनुसार चैत १२ गते सम्सादलाइ उनको आमाको जिम्मा लगाएर घर पठाइएको थियो ।
त्यसबेला उनलाई २०७७ बैशाख १४ गते पुन बाल सुधार गृहमा ल्याएर जिम्मा लगाउन अदालतले आदेश दिएको थियो । तर सम्साद २०७७ साल बैशाख १४ गते बालसुधार गृहमा हाजिर नभइ आफ्नै घरमा बस्दै आएका थिए । यहीबीच २०७७ साल फागुन २६ गते पर्सा जिल्ला अदालतले सम्सादविरुद्ध बाँकी कैद ५ महिना १६ दिन पूनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेको थियो । तर फैसला कार्यान्वयन गर्ने सिलसिलामा सम्साद फरार भएका थिए । हाल उनलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया