ईपीएल : पहिलो जितले ललितपुरलाई राहत

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा शुक्रबार ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी ईपीएलमा ललितपुरको यो पहिलो जित हो । यसअघि खेलेका तीन वटै खेलमा ललितपुरले हार बेहोरेको थियो । उता विराटनगरका लागि यो तेस्रो पराजय हो । ६ टिम सम्मिलित ईपीएलमा विराटनगर पुच्छारमा छ ।
टस हारेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २२६ रनको योगफल तयार पारेको थियो । जुन ईपीएलमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो । पराजित टिम विराटनगरले २० ओभरमा आठ विकेट गुमाए। १८९ रन मात्रै बनायो ।
ललितपुरका लागि दुई विदेशी खेलाडीले अर्धशतक बनाए । ओपनर सान्दुन विराकोडीले ७३ रन जोडे भने आज्मतुल्लाह ओमारजाईले अविजित ५८ रन बनाए । श्रीलंकन ब्याट्सम्यान विराकोडीले ४३ बल सामना गर्दा तीन छक्का र १० चौका प्रहार गरे । त्यसैगरी आज्मतुल्लाहले २४ बलमा सात छक्का हिर्काए ।
ललितपुरका कुशल भुर्तेलले ३२ रन जोडे भने योगेन्द्र सिंह कार्कीको नाममा २७ रन रह्यो । त्यसैगरी नारायण जोशीले अविजित १८ रन बनाए भने जयकिशन कोल्सावाला १३ रनको योगदान गरे ।
विराटनगरका लागि करण केसीले दुई विकेट लिए भने सिकन्दर राजा, प्रतिस जीसी र दिल्सान मुनाविराले एक–एक विकेट हात पारे ।
पराजित विराटनगरका लागि दिल्सान मुनाविराले सर्वाधिक ५९ रन बनाए । त्यसअघि ओपनरद्वय चन्द्रपौल हेमराज र आशिफ शेखले क्रमशः २८ रन र ३७ रन बनाएका थिए । त्यसैगरी अर्का विदेशी खेलाडी सिकन्दर राजाले २४ रन जोडे ।
विराटनगरको मध्यक्रमका अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् । अनिल शाहले ८ रन बनाए भने कप्तान करण केसी ४ रनमा सीमित भए । त्यसैगरी सौरभ खनाल शून्यमा आउट हुँदा सुमित महर्जनले दुई रन जोडे ।
बलिङतर्फ ललितपुरका आज्मातुल्लाह ओमारजाईले चार विकेट हात पारे भने ललित राजवंशीले दुई विकेट लिए । त्यसैगरी, योगेन्द्रसिंह कार्कीको नाममा एक विकेट रह्यो ।

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

प्रतिक्रिया