औषधि सेवन गरी गर्भपतन गराउनेको संख्या बढ्दै

काठमाडौँ- पछिल्लो केही वर्षयता नेपालमा गर्भपतन गराउनेको संख्या बढदै गएको छ । बन्दाबन्दीको समयमा चार महिनामा मात्र नेपालमा २३ हजार ५६४ महिलाले गर्भपतन ( भ्रुण हत्या) गराएका छन् । पछिल्लो समय गर्भपतन गराउनेमा २० वर्ष भन्दा कम उमेर समूहका युवतीहरूको संख्या बढदै गएको पाइएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार चैतदेखि २०७७ असारसम्म उक्त संख्यामा गर्भपतन भएको हो । उक्त अवधिमा मात्र २० वर्ष भन्दा कम उमेर समूहका २ हजार ३७६ जनाले गर्भपतन गराएका थिए ।
मुलुकमा गर्भपतन दुई किसिमले गर्ने गरिएको छ, शल्यक्रिया र औषधि । नेपालमा उक्त अवधिमा मात्र औषधि सेवन गरी १७ हजार ९१५ जनाले गर्भपतन गराएका थिए । समग्र देशभर गर्भपतन गराउन औषधि प्रयोग गर्नेको संख्या बढदै गएको छ ।
२० वर्ष भन्दा कम उमेर समूहका १ हजार ६२२ र २० वर्ष भन्दा माथि १६ हजार २९३ महिलाले औषधि प्रयोग गरी गर्भपतन गराएका थिए । त्यसैगरी शल्यक्रिया गरी २० वर्ष भन्दा कम उमेर समूहका ७ सय ५४ र २० वर्ष माथिका ४ हजार ८ सय ९५ ले भ्रुण हत्या गरेका छन् ।
महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार २०७५ चैतदेखि २०७७ असारसम्म गरी सातै प्रदेशमा १ लाख १९ हजार ३ सय ७६ जनाले गर्भपतन गराएका थिए । ८१ हजार ७ सय ४९ जनाले औषधि प्रयोग गरेका थिए । २० वर्ष उमेर समूह माथिका ३२ हजार ९ सय ५८ जनाले शल्यक्रिया गरी गर्भपतन गराएका थिए । औषधि प्रयोग गरी ११ हजार ८३५ जनाले गरेका थिए । देशभर औषधि प्रयोग गरी २० वर्ष भन्दा कम उमेर समूहका ७ हजार १ सय ६६ र शल्यक्रियाबाट ४ हजार ६ सय ६९ जनाले गर्भपतन गराएका थिए ।
बागमती प्रदेशमा गर्भपतन गराउनेको संख्या बढ्यो
बागमती प्रदेशमा गर्भपतन गराउनेको संख्या बढी छ । १२ दशमलव ६ प्रतिशतले भ्रुण हत्या गराएका थिए । २० वर्ष भन्दा कम उमेर समूहका युवतीहरूले औषधि सेवन प्रयोग गरी १५ सय ६ र शल्यक्रिया मार्फत १६ सय ३० ले गर्भपतन गराएका थिए । २० वर्ष भन्दा माथि उमेर समूहका औषधि प्रयोग गरी १३ हजार ५ सय ९ र शल्यक्रियामार्फत ८ हजार २ सय २२ जनाले गर्भपतन गराएका थिए ।
लुम्बिनी प्रदेशमा ९ दशमलव ४ प्रतिशतले गर्भपतन गरे । २० वर्ष भन्दा कम उमेर समूहका औषधि प्रयोग गरी १३४४, शल्यक्रियाबाट ९५४, २० वर्ष माथि उमेर समूहका औषधि प्रयोगबाट १३ हजार ९ सय ३२ र शल्यक्रिया मार्फत ८ हजार ३ सय ३५ जनाले गर्भपतन गराएका थिए ।
प्रदेश १ मात्र ८ दशमलव १ प्रतिशतले गर्भपतन गरेका छन् । २० वर्ष भन्दा कम उमेर समूहका औषधि प्रयोग गर्नेहरू १३४६, शल्यक्रिया गरी ४५१ गर्भपतन गरेका छन् । २० वर्ष भन्दा माथि उमेर समूहका १४ हजार ७ सय ९८ जनाले औषधि प्रयोग गरे, ५ हजार ६ सय ३४ जनाले शल्यक्रिया गरे ।
प्रदेश २ मा १५ दशमलव ७ प्रतिशतले गर्भपतन गराए । २० वर्षभन्दा कम उमेर समूहका औषधि सेवन गरी ८१३, शल्यक्रिया मार्फत ८५८ जनाले गर्भपतन गराएका थिए । २० वर्षभन्दा माथि औषधि प्रयोग गरी ५ हजार ८ सय १५, शल्यक्रियाबाट ३ हजार १ सय ३९ जनाले शल्यक्रिया गरेका थिए ।
गण्डकी प्रदेशमा ७ दशमलव २ प्रतिशतले गर्भपतन गरे । २० वर्ष मुनिका ९ सय ७ औषधि सेवन गरे, २ सय ९१ जनाले शल्यक्रिया गरे । २० वर्ष माथिका १२ हजार ८९ जनाले औषधि सेवन र ३ हजार ४ सय ६४ जनाले शल्यक्रिया गरेका थिए ।
कर्णाली प्रदेशमा १३ दशमलव १३ दशमलव २ प्रतिशतले गर्भपतन गरे । २० वर्ष तलका ६६९ जनाले औषधि सेवन गरे, २८३ जनाले शल्यक्रिया गरेका थिए । २० वर्ष माथिका औषधि प्रयोग गर्ने ४ हजार ५ सय २१ र शल्यक्रिया १ हजार ७ सय २३ जना छन् ।
सुदुर पश्चिममा ६ प्रतिशतले गर्भपतन गरेका थिए । २० वर्षभन्दा कम उमेर समूहकाले ५ सय ८१ जनाले औषधि सेवन र २ सय २ जनाले शल्यक्रिया गरेका थिए । २० वर्ष माथिका औषधि सेवन गर्नेहरू ९ हजार ९ सय १९ र शल्यक्रिया गर्नेमा २ हजार ४ सय ४१ जना छन् ।
औषधिको प्रयोगले दीर्घकालीन समस्या
गर्भपतन गराउने अनावश्यक औषधिको प्रयोगले स्वास्थ्यमा साइड इफेक्ट गर्ने स्त्री रोग विशेषज्ञ प्रा. डा. जागेश्वर गौतमले बताए । औषधिको मात्रा ज्यादा भएमा पाठेघरमा असर पुग्ने उनको दाबी छ ।
उनकाअनुसार मिथोप्रोष्ट्रल र मिसोप्रोष्ट्रल जस्ता औषधिको प्रयोग गर्ने गरिन्छ । औषधिको प्रयोगले बच्चा जन्माउन चाहेको समयमा बच्चा हुन सक्दैन । महिनावारी रोकिएको समयमा औषधि सवेनले 'ब्लड' गएको ख्याल नगर्दा ज्यान सक्ने गौतमले बताए ।
'स्वास्थ्यकर्मीको सल्लाह लिएर मात्र औषधिको प्रयोग गर्नुपर्छ,' गौतमले भने,' परिवार नियोजनको साधन प्रयोगमा बढी ध्यान दिनुपर्छ ।' शल्यक्रिया गर्दा राम्रोसँग निर्मालीकरण गरी स्वास्थ्य सामग्रीको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
गर्भपतनसम्बन्धी कस्तो कानूनी व्यवस्था छ ?
२०५९ मा भएको मुलुकी ऐनको एघारौं संशोधनले गर्भपतनसम्बन्धी व्यवस्था मुलुकी ऐनको ज्यानसम्बन्धी महलमा राखे को छ ।गर्भपतनलाई अझै पनि फौजदारी कानूनको परिधिभित्र नै राखेको पाइन्छ । गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ, जबर्जस्तीकरणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने गर्छ ।
निजको शारीरिक, मानसिकस्वास्थ्यमा असर पर्ने वा विकलाङ्ग बच्चा जन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिने व्यवस्था छ । कानूनले तोकेको अवधि, प्रक्रिया र स्थानमा नगरेमा महिलालाई समेत सजायको व्यवस्था छ । प्रचलित कानूनले भ्रुणको लिङ्ग पहिचान गरी सोको आधारमा गरिने गर्भपतनलाई पनि अपराध मानेको छ ।
गर्भवती महिलाको मृत्युदर बढदै
२०७६ भाद्र देखि २०७७ असार सम्ममा देशभरमा कुल २ सय ३५ गर्भवती महिलाको मृत्यु भएको छ । शिशुको जन्म भएको छ हप्ता भित्रमा १ सय ५४ जना आमाको मृत्यु भएको छ । सुत्केरी व्यथा लागि ५२ र गर्भावस्थामा २९ महिलाको मृत्यु भएको हो ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया