धनगढीका जेष्ठ नागरिक सम्मानित

कैलाली - ३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा धनगढी उपमहानगरपालिका वडा नम्बर १५, १६ र १७ का जेष्ठ नागरिकहरू सम्मानित भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ को आयोजना भएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडाका दर्जन भन्दा बढी जेष्ठ नागरिकहरू सम्मानित भएका छन ।
जेष्ठ नागरिकहरूलाई धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले सम्मानित गरेका हुन् । सम्मान गर्दै मेयर वडले जेष्ठ नागरिकहरू प्रेरणाको श्रोत भएको बताउँदै सम्मान गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले नगरभित्रका सम्पुर्ण जेष्ठ नागरिकहरूको अभिलेख राख्ने काम उपमहानगरपालिकाले गरिराखेको बताउँदै आगामी दिनमा जेष्ठ नागरिकहरूका लागि विभिन्न खाले कार्यक्रम गर्ने बताए । जसमा स्वास्थ्य सेवालाई प्राथमिकता राखेको मेयर वडले बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १५ ले आयोजना गरेको कार्यक्रममा सह-आयोजक बेहडाबाबा जेष्ठ नागरिक समाज रहेको थियो भने फाया नेपाल र राष्ट्रिय मानव अधिकार आयोगले सहकार्य गरेका थिए । कार्यक्रममा बेहडाबाबा जेष्ठ नागरिक समाजका सस्थापक अध्यक्ष गंगाराम चौधरीलाई मरणोपरान्त सम्मान गरिएको थियो । त्यस्तै १०४ वर्षीया रम्मा रानालाई समेत दोसल्ला ओढाएर मेयर वडले सम्मान गरेका थिए ।
जेष्ठ नागरिक शंकरी रानाले जेष्ठ नागरिकलाई सम्मान गरेर स्थानीय सरकारले जेष्ठ नागरिकका लागि पनि सरकार रहेको अनुभूति गराएको बताउँदै आयोजकलाई धन्यवाद दिए । त्यस्तै जेष्ठ नागरिक पहिचान गर्ने उद्देश्यले प्रदेशमै पहिलोपटक ७० वर्ष भन्दामाथिका उमेर समूह भएको घरमा रातो झण्डा राख्ने काम समेत सोही कार्यक्रम गरिएको थियो ।
यस वर्ष वर्षाले २० लाख मानिस प्रभावित हुने, १० प्रतिशतलाई राहत र उद्धार गर्नुप…

नेपालमा ८६ हजार ८०९ जना यौन श्रमिक

राशिफलमा यस्तो छ तपाईंको भाग्य

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

प्रतिक्रिया