ईपीएलः पहिलो खेल रद्ध, दोस्रो खेलमा विराटनगर र पोखरा भिड्दै

काठमाडौँ-एभरेष्ट प्रिमियर लिग (इपिएल)को शनिबार हुने भनिएको पहिलो खेल रद्ध भए पनि दोस्रो खेलमा भने सुरु भएकाे छ । जसमा विराटनगर वारियर्स र पोखरा राइनोज भिडिरहेका छन् । ओसिलो मैदानका कारण दिनकाे पहिलाे खेल नभएपछि भैरहवा ग्लाडियटर्स र काठमाडौँ किंग्सले अंक बाँडेका थिए ।
शनिबारको दोस्रो खेलमा पोखरा राइनोजले टस जित्दै फिल्डिङ रोजेको छ । पोखरा र विराटनगरका लागि यो चौँथो खेल हो । पोखराले पहिलो खेलमा भैरहवा ग्लाडियटर्ससँग अंक बाडेको थियो । दोस्रो खेलमा बिहिबार ललितपुर प्याट्रियोट्सलाई नौ विकेटले पराजित गर्यो भने तेस्रो खेलमा चितवन टाइगर्ससँग नौ विकेटको पजय भोगेको थियो ।
उता विराटनगर भने ईपीएलमा जितविहिन छ । उसले पहिलो खेलमा चितवनसँग दुई विकेट, दोस्रो खेलमा बुधबार भैरहवासँग सात विकेट र शुक्रबार ललितपुरसँग ३७ रनले पराजित भएको थियो ।
ईपीएलको अंक तालिकामा हाल चितवन शीर्षस्थानमा छ । उसले तीन खेलमा ६ अंक बटुलेको छ । तीन खेल नै खेलेको भैरहवा चार अंकका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको ललितपुर प्याट्रियोट्सको चार खेलबाट तीन अंक छ ।
६ टिम सम्मिलित ईपीएलमा विराटनगर पुच्छारमा छ । तीन खेल खेलिसकेको विराटनगर जितविहिन छ । काठमाडौँ पाँचौँ स्थानमा छ । उसले दुई खेलबाट दुई अंक बटुलेको छ ।

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

प्रतिक्रिया