संविधानको चिरहरण भयो : राप्रपा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक परिषद् सम्वन्धि अध्यादेशबाट संविधानको चिरहरण गरेको ठहर गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको राप्रपा केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयहरुमा वृहद छलफल गरेर आफ्नो धारणा सार्वजनिक गरेको हो ।
'संविधानको मर्म र भावनामाथि गम्भीर प्रहार गरेको छ, यो सर्वसत्तावादी र अलोकतान्त्रिक कार्यको राप्रपा विरोध र भत्सर्ना गर्दछ, यो अध्यादेश प्रकरणमा संविधानको संरक्षण र पालना गर्नुपर्ने निकाय र पदाधिकारीहरु गैरजिम्मेवार सावित भएका छन्', राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
भागवण्डा नमिलेर प्रतिपक्षी दलका नेता संवैधानिक परिषदको बैठकमा नजानु, निहित गुटगत राजनीतिको प्रभावमा परेर सभामुख पनि बैठकमा नजानु, उनीहरुको अनुपस्थितिलाई बहाना बनाएर प्रधानमन्त्रीले अध्यादेश ल्याउनु, अध्यादेशका बारेमा आवश्यक न्युनतम ध्यानसम्म नदिई द्रुतगतिमा राष्ट्रपतिले जारी गर्नु तथा संविधानको भावना विपरीत आएको अध्यादेशलाई प्रधानन्यायाधीशले परोक्ष रुपमा समर्थन जनाउनुले वर्तमान पद्धति र व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह खडा गरेकोको समेत राप्रपाले प्रष्ट पारेको छ ।
राप्रपाले विवादास्पद र अनावश्यक अध्यादेश तुरुन्त फिर्ता गर्न पनि सरकारसँग माग गरेको छ ।

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो

कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छ : अध्यक्ष दाहाल

प्रतिक्रिया