सरकार फेरिए पनि मधेसीमाथि विभेद कायमै : महन्थ ठाकुर

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेसी जनतामाथि विभेद कायमै रहेको बताएका छन् । शनिबार धनुषास्थित जिरोमाइल युवा कमिटी पदाधिकारीको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।
‘देशमा संघीयता जारी भएपश्चात धेरै पटक फेरिएका सरकारले मधेसी जनतामाथि विभेद र अन्याय हुन नदिने प्रतिबद्धता जनाए तर ती प्रतिबद्धता आजसम्म कार्यान्वयन हुन सकेको छैन,’ कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले भने, ‘सरकारले मधेसी जनतामाथि गर्दै आएको अन्याय र विभेदविरुद्ध पार्टीले राखेको माग सम्बोधन नगरेसम्म लोसपाको संघर्ष जारी रहन्छ । संविधानमा गरिएको विभेद अन्त्य नभएसम्म सडक र सदनबाट संघर्ष जारी राख्नेछौं ।’
मधेस आन्दोलनको क्रममा लगाइएका कतिपय मुद्दाहरू जिल्ला अदालत, उच्च अदालत र सर्वाेच्च अदालतमा रहेकाले ती मुद्दा फिर्ता गर्नेलगायतका माग पुरा नभएसम्म आफूहरूको संघर्ष जारी रहने उनले चेतावनी दिए । ‘सरकारमा जानु ठूलो कुरा होइन हाम्रो माग र मुद्दा सम्बोधन गर्ने कुनै पनि सरकारमा हाम्रो दल सहभागी हुनसक्छ । तर यसबारे अहिले नै टुंगो लागेको छैन । सरकारमा जानेबारे हामी चाँडै निष्कर्षमा पुग्छौं,’ उनले भने ।
मधेसी जनतामाथि पटक–पटक अन्याय भएको भन्दै उनले संघर्षका लागि मधेसी जनतालाई अघि बढ्न आग्रह गरे । कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य परमेश्वर साहले राज्यले युवामा लगानी गरेमात्र देश विकास सम्भव हुने बताए ।
उनले प्रदेश २ सरकारले यहाँका जनतालाई समाज परिर्वतनको दिशा देखाउने र जनहितमा सराहनीय काम गर्दै आएको बताउँदै धार्मिक र समाजिक क्षेत्रमा विद्यमान कुरीति, अन्धविश्वासलगायतका गलत क्रियाकलाप हटाउन युवाको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखे ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया