कांग्रेस महाधिवेशन: विराटनगर सभापतिमा दीपक चापागाईं

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार चापागाईं २१२ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । सभापति दाबेदार सन्तोष न्यौपानेले १६५, कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत प्राप्त गरे । शनिबार भएको निर्वाचनमा ६६४ मत खसेको थियो ।
चापागाईंले देउवा पक्षका एक र देउवाइतर पक्षका दुई उम्मेदवारलाई पराजित गरेका हुन् । उनी कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला निकट हुन् ।
उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी, सचिवमा झुमा निरौला र तेजेन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन्। नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको नगरसभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया