कांग्रेस अधिवेशन : काठमाडौँ महानगरमा नेतृत्व छान्न मतदान हुँदै
सभापतिमा रञ्जित र शाक्यबीच प्रतिस्पर्धा

काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको काठमाडौँ महानगरपालिकामा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । बिहान नौ बजेबाट राष्ट्रिय सभागृहमा हुने निर्वाचनमा सभापतिमा प्रगतिमान रञ्जित र नीलकाजी शाक्यबीच प्रतिष्पर्धा हुँदैछ । रञ्जितलाई संस्थापन र नेता कृष्णप्रसाद सिटौला समूहको साथ छ भने शाक्यलाई नेता प्रकाशमान सिंह, गगन थापा र संस्थापन इतर समूहको साथ छ ।
रञ्जित प्यानलबाट उपसभापतिमा सुविरनाथ खनाल र भरत तन्डुकार, सचिवमा रमेश उप्रेती र सम्झना भट्टराई तथा सहसचिवमा इन्द्ररत्न बज्राचार्य र मुना सिटौला प्रतिष्पर्धामा उत्रिएका छन् ।
त्यस्तै संस्थापन इतर समूहका शाक्यको प्यानलबाट उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन, सचिवमा सुसन बैद्य र पुरुषोत्तम खकुरेल तथा सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर प्रतिष्पर्धा गर्दैछन् ।
मुलुकको संघीय राजधानी, कांग्रेसका सबैभन्दा धेरै क्रियाशील सदस्य भएको काठमाडौं महानगरमा विगत १० वर्षदेखि कांग्रेस नेतृत्वविहीन छ । पार्टी सभापतिदेखि सबैजसो नेताहरुको बसोबास क्षेत्र भए पनि काठमाडौं महानगरमा १२ र १३ औँ अधिवेशन नै भएन ।
६५ वर्षीय शाक्य काठमाडौं महानगरपालिका–२५ का वडाध्यक्ष समेत हुन् ।
काठमाडौं महानगरपालिकामा कांग्रेसका मात्रै २० हजारभन्दा धेरै क्रियाशील सदस्य छन् । ३२ वडा रहेको काठमाडौं महानगर अधिवेशनमा ती वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधि महानगर अधिवेशनका मतदाता हुन् । महानगर अधिवेशनका करिब १५ सय मतदाता छन् ।
संस्थापन समूहका सभापति उम्मेदवार ५१ वर्षीय रञ्जित सामाजिक सेवामा समर्पित काठमाडौंका नयाँ पुस्तामाझ लोकप्रिय नेता हुन् । नेविसंघबाट राजनीतिमा लागेका उनी तरुण दलको महानगर सभापति भए । उनी काठमाडौं–४ को क्षेत्रीय सचिव हुँदै जिल्ला कार्यसमिति सदस्य भएर समेत काम गरे । हाल उनी केन्द्रीय संगठन विभागको सदस्य छन् ।
संस्थापन इतर पक्षको उम्मेदवार ६५ वर्षे शाक्य काठमाडौं महानगरपालिका-२५ का निर्वाचित वडाध्यक्ष हुन् । संस्थापन नेताहरु गणेशमान सिंह, बीपी कोइराला लगायतको समीप्यमा कांग्रेसको राजनीति थालेका उनी विद्यार्थी, तरुण हुँदै पार्टी राजनीतिमा आएका हुन् । उनी तरुण दलका संस्थापक केन्द्रीय सदस्य समेत हुन् ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया