काठमाडौँका चार पालिकाको नतिजा सार्वजनिक, तीनमा संस्थापनइतरका सभापति

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरगत काठमाडौँका चार पालिकाले नेतृत्व पाएको छ । काठमाडौँको तारकेश्वर, कागेश्वोरी मनहरा, बूढानीलकण्ठ र शंखरापुर नगरपालिकाले कांग्रेसको नगर नेतृत्व पाएको हो ।
तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् । उनले १३५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत प्राप्त गरे । उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिन्छन् ।
यस्तै उपसभापतिद्वयमा नवराज अर्याल (१२५) र जमुना तिमिल्सिना (१२३), सचिवद्वयमा राजु फुँयाल (१२६) र शङ्कर तिमिल्सिना (११७),सहसचिवद्वयमा सरस्वती पौडेल (११७) र अप्सरा खड्का (११४)मत प्राप्त गरी विजय भएका छन् ।
यसैगरी कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन्। उनले १५५ मत प्राप्त गगरे भने उनका निकटम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ मत प्राप्त गरे । उनी प्रकाशमान सिंह-गगन थापा निकट हुन् ।
यस्तै उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ (१८१) र शम्भु कार्की (१७०), सचिवद्वयमा विजेन्द्र श्रेष्ठ (२०६), विजेन्द्र पुडासैनी (१७१),सहसचिवद्वयमा कुमार खड्का (१४५) र निर्मला आचार्य (पौडेल) १२८ मतल्याई विजय भएको निर्वाचन समितिले जनाएको छ ।
नेपाली कांग्रेसको शंखरापुर नगर सभापति पदमा दिलिपकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ८६ मत ल्याएर सभापतिमा विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत मात्रै ल्याएका थिए । उपसभापतिमा अमित प्रधान र मिलन खड्का विजयी भए भने सचिवमा स्वयम्भूलाल श्रेष्ठ र रनबहादुर तामाङ विजयी भएका छन् । सहसचिवमा भने श्रीराम लामिछाने र बसन्त थिङ विजयी भएका छन् । यहाँ
सभापतिदेखि प्यानल नै सिंह-थापा निकटले जितेका हुन् ।
कागेश्वोरी मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनबाट संस्थापन समूह निकट दाहालले १५१ मत पाए भने अर्का प्रत्यासी मिठ्ठाराम दाहालले १३८ मत पाए । दाहालले नगर सभापतिमा निकटतम प्रतिस्पर्धी मिट्ठाराम दाहाललाई १३ मत पछाडि पार्दै विजयी हासिल गरेका हुन् ।सभापतिमा पराजित दाहाल कांग्रेस नेता प्रकाशमान सिंह निकट हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया