ओलीको उपस्थितिमा नेकपा स्थायी समिति बैठक सुरु

काठमाडौं : नेकपा स्थायी समिति बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएकाे नेकपा स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री ओली सहभागी नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले केही बेर अनौपचारिक बैठक राखेर ओलीलाई दोस्रो पटक भेट्न बालुवाटार पुगेका थिए । बिहान ओली दाहालबीच पहिलो पटक छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा ओलीइतर समूह आक्रोशित भएको छ । लामो समयदेखि जारी विवाद समाधान गर्न नसकेर रुमल्लिरहेको नेकपाभित्रको विवाद सरकारको सिफारिसमा राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेसँगै थप चर्किने देखिएको हो ।
यसअघि मंसिर २८ गते बसेको स्थायी कमिटी बैठकमा पार्टी केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गरेर आजसम्मका लागि स्थगित भएको थियो ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया