मोबाइल बढी तात्छ ? यसरी समाधान गर्नुहोस्

काठमाडौँ- स्मार्टफोनको प्रयोग गरेको बेला सfमान्य तातो हुनु ठूलो कुरा होइन । कुनै ब्राण्डका मोबाइलहरू सामान्य भन्दा केही बढी तात्ने गरेको पाइन्छ । कतिपय अवस्थामा कुराकानी गर्दा पनि अत्यधिक तात्ने गर्छ । आखिर किन तात्छन् हामीले प्रयोग गर्ने मोबाइल ? यहाँ मोबाइल तात्ने तथा यसका केही समाधानका उपायहरू दिएको छन् ।
मोबाइल बढी तात्ने कारण
- स्मार्टफोन लामो समयसम्म चार्जमा छोड्दा मोबाइल तातिने समस्या आउन सक्छ । विशेषगरी, पुरानो मोडेलका स्मार्टफोनमा बढी तात्ने गरेको देखिन्छ । स्मार्टफोनमा आवश्यकताभन्दा बढी डाटा तथा एप्स सञ्चालन गर्दा पनि मोबाइल तात्न सक्छ ।
- मोबाइलमा धेरै समय जिपिएस प्रयोग गरिरहँदा वा ब्लुटुथमार्फत स्पिकरबाट म्युजिक बजाइरहँदा पनि तात्ने समस्या हुन्छ ।
- लामो समयसम्म निरन्तर बढी -याम भएको मोबाइल गेम खेल्दा पनि मोबाइल तात्ने सम्भावना बढी हुन्छ ।
- चार्ज गर्दै गेम खेल्ने, सामाजिक सञ्जाल चलाउने अथवा फोन गर्ने काम गर्दा पनि स्मार्टफोन बढी तात्नसक्छ ।
- यदि मोबाइलमा कुनै भाइरसले आक्रमण गरेको छ भने पनि सामान्य अवस्था भन्दा बढी तात्ने गर्छ ।
समाधानको उपाय
- यदी तपाईंको मोबाइल सामान्यभन्दा बढी तात्छ भने भाइरसको समस्या हुन सक्छ । यस्तो समस्या देखिएमा स्मार्टफोनलाई रिसेट गर्नुहोस् ।
- सकेसम्म प्ले स्टोर तथा एप स्टोर बाहेक अन्य सोर्सबाट एप डाउनलोड नगर्नुहोस् ।
- अन्य सोर्सबाट एप इन्स्टल गर्नुपरेमा एप कतिको सुरक्षित हो सोको बारेमा जानकारी लिएर मात्र डाउनलोड गर्नुहोस् ।
- यदी तपाईंले मोबाइलमा प्रयोग गर्ने चार्जर तथा डाटा केबलहरू डुब्लिकेट भएमा पनि मोबाइल बढी तात्ने हुन्छ ।
- आवश्यक नभएसम्म वाइफाई, ब्लुटुथ, जिपिएसजस्ता ब्याट्री र मेमोरी जस्ता ब्याट्री खपत गर्ने एप तथा सेवाहरू बन्द गर्नुहोस् ।
- ब्याकग्राउन्डमा धेरै एप्स खुलेर पनि एन्ड्रोइड मोबाइल तात्ने हुन्छ । त्यसैले त्यस्ता एप्स बन्द गर्नुहोस्।
- चार्ज गर्दै मोबाइलको प्रयोग नगर्नुहोस् कतिपय अवस्थामा ब९ तात्नाले मोबाइल पढ्कने समस्या हुनसक्छ ।

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

प्रतिक्रिया