अंग्रेजी नयाँ वर्षमा अजय–आलिया भर्सेज अजय–आलिया

मुम्बई - भारत सरकारले महाराष्ट्रका हल खुल्ला गर्ने निर्णय गरेसँगै भारतमा फिल्म रिलिजका लागि तिथिमिति बुक गर्ने प्रतिस्पर्धा नै चलेको छ । यो प्रतिस्पर्धामा ठूला स्टारका फिल्म नै अगाडि छन् । यो तिथि ओगट्ने चक्कर यस्तो छ कि एकै कलाकारका दुई फिल्म बक्स अफिसमा भिड्ने भएका छन् ।
समाचारअनुसार आउँदो नयाँ वर्षको पहिलो हप्ता अजय देवगन र आलिया भट्ट बक्स अफिसमा आ–आफ्नै फिल्मसँग प्रतिस्पर्धा गर्ने भएका छन् । ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ र सञ्जयलीला भन्सालीको ‘गंगुबाई कठैयावाडी’ एक दिनको अन्तरालमा रिलिज हुने भएपछि यी दुवै कलाकार बक्स अफिसमा आफ्नै फिल्मसँग प्रतिस्पर्धा गर्न बाध्य भएका हुन् ।
‘गंगुबाई कठैयावाडी’ आउँदो जनवरीको ६ तारिखमा रिलिज हुँदैछ भने ‘आरआरआर’ जनवरीमा ७ मा । दुवै फिल्ममा अजय देवगन र आलिया भट्ट मुख्य भूमिकामा छन् ।
‘आरआरआर’लाई भारतको अहिलेसम्मकै महंगो फिल्म मानिएको छ भने ‘गंगुबाई कठैयावाडी’लाई पनि सम्भावित हिट फिल्म सूचीमा राखिएको छ । यो फिल्मको ट्रेलरले कीर्तिमानी दर्शक पाएको थियो । विभिन्न भाषामा रिलिज हुन लागेको ‘आरआरआर’को ओटिटी अधिकार नेटफ्लिक्स र जि फाइभले लिएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया