अध्यादेश फिर्ता लिन ओली सहमत, दाहाल पनि 'ब्याक' हुने

काठमाडौं : संवैधानिक परिषद् सम्बन्धी मंगलबार जारी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन् । बालुवाटारमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको दोस्रो छलफलमा अध्यादेश फिर्ता लिन ओली सहमत भएको स्रोतले बतायो ।
स्थायी समिति बैठकअघि अध्यक्षद्वय ओली–दाहाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो । यसअघि आजै बिहान पनि अध्यक्षद्वयबीच छलफल भएको थियो । ओली अध्यादेश फिर्ता लिन सहमत भएसँग दाहाल पनि संसद्को विशेष अधिवेशन बोलाउने अभियानबाट पछि हट्ने भएका छन् ।
दाहाल पक्षले बुधबार संसद्को विशेष अधिवेशन माग गर्दै हस्ताक्षरसहित राष्ट्रपति विध्यादेवी भण्डारीलाई आग्रह गरेको थियो ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया