राजेश हमाललाई मुख्य अतिथि बनाउँदै शोभितले गरे ‘डाँडाको बरपीपल’को ट्रेलर सार्वजनिक

काठमाडौं - गीत सार्वजनिक कार्यक्रममा भुवन केसीलाई महानायक भनेपछि राजेश हमालको फ्यानको गाली भेटेका शोभित बस्नेतले उनले निर्देशन गरेको फिल्म ‘डाँडाको बरपीपल’को ट्रेलर सार्वजनिक कार्यक्रममा राजेश हमाललाई नै अतिथि बनाएका छन् । उनले राजेश हमालको फोटोलाई अतिथिको आसन ग्रहण गराउँदै ट्रेलर सार्वजनिक गरेका थिए ।
सार्वजनिक ट्रेलरमा जातका कारण एक प्रेमजोडीले भोग्नु परेको अनेक दुःखलाई समेटिएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरु सलोन बस्नेत, रुबिना थापा, शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ललगायत फिचर्ड छन् ।
काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा छायांकन गरिएको फिल्म यही असोज २६ गते दसैँको अवसर पारेर रिलिज हुँदैछ । फिल्म ओटीटी प्लेटफर्ममा भने तिहारमा रिलिज हुनेछ ।
फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली,हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।
बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा नवराज गिरीको लगानी रहेको छ । रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया÷एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया