फ्रेन्च लिग वानमा पीएसजीको पहिलो हार

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा आइतबार सिजनको पहिलो हार बेहोरेको छ । लिगका सातसहित पछिल्ला नौ खेलमा अपराजित रहेको पीएसजी रेनसँग २–० ले स्तब्ध बन्यो ।
रेनका लागि गेइटान लाबोर्डे र फ्लाभियन टेइटले एक–एक गोल गरे । हारका बाबजुद पनि पीएसजी लिगको शीर्षस्थानमै छ । उसको नौ खेलबाट २४ अंक छ । दोस्रो स्थानमा रहेको लेन्सले नौ खेल बाटै १८ अंक बटुलेको छ । पीएसजीलाई हराएको रेन भने १२ अंकसहित सातौँ स्थानमा छ ।
रेनविरुद्ध पीएसजीले लियोनल मेस्सी, नेयमार, किलियान एमबाप्पे र एंगल डि मारिया सम्मिलित अग्रपंक्ति उतारेको थियो । तर यीमध्ये कुनै फरवार्डले पनि गोल गर्न सकेनन् । करिब ६८ प्रतिशत बल पोसेसन राखेको पीएसजीले १३ पटक रेनको पोस्टमा आक्रामण गरेको थियो । तर पीएसजीका कुनै पनि प्रहार फ्रेममा थिएनन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया