'प्रधानमन्त्रीज्यू बरू सिधै भनिदिनुस् संक्रमितको संख्या गन्नेबाहेक थप केही गरिन्न'

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले कोभिड-१९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएपछि चौतर्फी विरोध हुन थालेको छ । आइतबार मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सामान्य नागरिकले कोभिडको परीक्षण आफै गर्नुपर्ने बताएपछि विरोध हुन थालेको हो ।
नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सरकार आफै संक्रमित भएर यस्तो निर्णय गरेको टीप्पणी गरेका छन् । ‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय- कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू ! यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरू सिधै भनिदिनुस्- संक्रमितको संख्या गन्नेबाहेक थप केही गरिन्न,’ थापाले ट्वीट गरेका छन ‘सरकार स्वयम संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उप्रान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ भनेर सिधै भनिदिनुस् प्रधानमन्त्रीज्यू ।’
र, यो पनि
- अब कोभिड-१९ परीक्षण र उपचार आफ्नै खर्चमा
गौतमले आर्थिक रुपमा बिपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण वा चिन्ह देखिएका परीक्षण र उपचार निःशुल्क गरिने बताए । ‘उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ,’ डा.गौतमले भनेका थिए ‘अन्यले भने आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय भएको छ ।’
सरकार मन्त्रिपरिषद्को असोज १९ को बैठकले त्यस्तो निर्णय गरेको डा. गौतमले बताए । यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कार्तिक २ गतेदेखि नै लागू हुने मन्त्रालयले बताएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया