अध्यादेशपछि परिषद्ले गरेका निर्णय कांग्रेसले नमान्ने

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेश जारी भएपछि संवैधानिक परिषद्ले गर्ने कुनै पनि निर्णय र प्रस्ताव नस्वीकार्ने भएको छ । बुधबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकारले संवैधानिक परिषद्को गरिमालाई गिराउने गरी अध्यादेश ल्याएको आरोप लगाएको हो ।
बैठक पछि प्रवक्ता विश्वप्रकाश शर्माले संवैधानिक परिषद्ले गर्ने कुनै पनि निर्णय र प्रस्ताव स्वीकार नगर्ने निर्णय गरिएको जानकारी दिए । अध्यादेश ल्याउने सरकारको कदम अलोकतान्त्रिक सर्वसत्तावादी रहेको ठहर गर्दै अध्यादेश तुरुन्त फिर्ता गर्न माग गरेको प्रवक्ता शर्माले बताए ।
बैठकले संसदको अधिवेशन तत्काल बोलाउन माग पनि गरेको छ । विशेष अधिवेशन बोलाएमा दुई-तीन दिन विशेष विषयमा छलफल गरेपछि ६ महिनासम्म संसद् बन्द गर्न सरकारलाई सुविधा प्राप्त हुने भएकाले हिउँदे अधिवेशन मात्र माग गरिएको प्रवक्ता शर्माले बताए ।
पदाधिकारी बैठकले संसदीय दल कार्यसमितिको बैठक समेत बोलाएको छ । बैठकमा २९ मंसिरमा सरकारविरुध्द देशभर प्रदर्शनको समीक्षा गर्दै बैठकले प्रदर्शनलाई सफल बनाउन सहयोग गर्ने सवैप्रति आभार व्यक्त गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया