ईपीएलमा चितवनको पहिलो हार

काठमाडौँ- एभेरेष्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सले पहिलो पराजय भोगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार भैरहवा ग्लाडियटर्ससँग भिडेको चितवनले ६ विकेटको हार बेहोर्यो । प्रतियोगिताको क्वालिफायरमा यसअघि नै स्थान सुरक्षित गरिसकेको चितवनले लिग चरणका सबै खेल देलिसकदा आठ अंक बनाएको छ । चितवनलाई हराएसँगै दोस्रो स्थानमाथिको पकड बलियो बनाएको भैरहवाको चार खेलबाट ६ अंक छ ।
भैरहवालाई जित दिलाउन प्रदीप ऐरीले अर्धशतक प्रहार गरे । चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा प्रदीपले ४३ बलमा ७२ रन बनाए । ओपनर प्रदीपले तीन चौका र आठ चौका प्रहार गरे । प्रदीपको विष्फोटक ब्याटिङ गरेपछि भैरहवाले १७.५ ओभरमा चार पिकेट गुमाउँदै चितवनले दिएको लक्ष्य पूरा गरेको थियो ।
भैरहवाका अर्का ओपनर तमिम इक्बालले ३० बल सामना गर्दा ४० रन जोडे । यी प्रदीप र तमिमले पहिलो विकेटका लागि १०६ रनको साझेदारी गरेका थिए । विजयी टिमका लागि उपुल थरंगाले अविजित ३९ रन जोडे । १९ बल सामना गरेका उनले समान तीन-तीन छक्का र चौका प्रहार गरे । मध्यक्रमका रोहित पौडेल र आरिफ शेख भने क्रमशः ६ रन र एक रनमा पभेलियन फर्किए ।
बलिङतर्फ चितवनका करिम जनतले दुई विकेट लिए भने सागर ढकाल र भिम शार्कीले एक-एक विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको चितवनका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङ गरेका मोहम्मद शाहजादले ३२ रन जोडे । अर्का विदेशी खेलाडी सेकुगे प्रसन्नाले २४ को योगदान गर्दा राजेश पुलामी र कप्तान दिलिप नाथले क्रमशः १४ रन र १३ रन बनाए ।
भैरहवाका लागि अविनाश बोहोराले तीन विकेट हात पारे भने कुशल मल्लले दुई विकेट लिए । त्यसैगरी, धम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीको नाममा एक-एक विकेट रह्यो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया