खोप लागएको १४ दिन पूरा भएपछि नेपाली कामदारले कतार प्रवेश पाउने

काठमाडौँ- कोभिडविरुद्धको पूर्ण खोप लगाएको १४ दिन पूरा भएपछि मात्र नेपाली कामदारले कतार प्रवेश पाउने भएका छन् । कतारले तोकेको खोप मात्र लगाउनू पर्ने कतारस्थति नेपाली दूतावासले जनाएको छ ।
कतारमा कोभिड संक्रमणको दर न्यूनीकरण हुँदै गइरहेको छ । नेपाल लगायत दक्षिण एशियाली मुलुकबाट प्रवेश गर्ने यात्रुले असोज २० गतेदेखि कतारले निर्धारण गरेको खोप लगाउनुपर्नेछ ।
दूतावासका अनुसार फाइजरको कोमेन्ट्री दुवै डोज, भेरोसेलको दूवै डोज, सिनोभ्याकको दुवै डोज, स्पुटनीक-भी को दुवै डोज, मोर्डनाको दुवै डोज, कोभिसिल्डको दुवै डोज र जोनसन एण्ड जोनसनको एक मात्रा डोज लगाएको हुनुपर्नेछ ।
कतार प्रवेश गर्ने यात्रुले खोप लगाएको प्रमाणपत्र साथमा राख्नुपर्नेछ । पासपोर्ट,प्रमाणपत्रमा यात्रुको नाम र खोपको लट उल्लेख हुनुपर्नेछ । स्वीकृत गरिएको खोप लगाएका यात्रुले २ दिन अनिवार्य होटलमा क्वारेन्टाइन बस्नुपर्नेछ । स्वीकृत गरिएको खोप मात्रा पूरा नगरेका यात्रु तथा साथमा परिचयपत्र भएकाले ७ दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले प्रस्ट पारेको छ ।
यात्रुले ७२ घण्टा अगाडि गरेको पीसीआर टेष्ट, र्यापीड एन्टीजेन्ट र सिरीयोलोजी एन्टीबडी परीक्षण गरिएको रिपोर्ट समेत साथमा लानुपर्नेछ । स्वीकृत गरिएको खोप नलगाएका यात्रुले कतार प्रवेश पाउने छैनन् ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया