साफ च्याम्पियनसिपः १० खेलाडीमा सीमित बंगलादेशसँग रोकियो भारत

काठमाडौँ- साफ च्याम्पियनसिपमा सोमबारको पहिलो खेलमा १० खेलाडीमा सीमित भएको बंगलादेशले भारतलाई १-१ को बराबरीमा रोकेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा जारी साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भारतले अग्रता लिएको थियो ।
सात पटक साफ च्याम्पियनसिप जितेको भारतलाई सुनिल क्षेत्रीले २६ औँ मिनेटमा अग्रता दिलाएका थिए । तर बंगलादेशले ७४ औँ मिनेटमा गोल फर्कायो । बंगलादेशी टिमका लागि येइसिन अराफातले बराबरी गोल गरे । ५४ औँ मिनेटमा विश्वनाथ घोषले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको बंगलादेशविरुद्ध बलियो मानिने भारतीय टिमले गोल थप्न सकेन ।
पहिलो खेलमा श्रीलंकालाई १-० ले हराएको बंगलादेश दुई खेलबाट चार अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । आयोजक मल्दिभ्सलाई पराजित गरेको नेपाल तीन अंकका साथ दोस्रो स्थानमा छ । नेपालले सोमबार राति नै श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया