कवि विनोदविक्रम केसीको निबन्ध संग्रह सार्वजनिक

काठमाडौं - कवि तथा निबन्धकार विनोदविक्रम केसीको पहिलो निबन्ध सङ्ग्रह ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक भएको छ । ‘भेन्टिलेटरमा आमा’ सोमबारदेखि बजारमा पुगेको प्रकाशक संस्था बेला पब्लिकेसन्सले जनाएको छ ।
‘भेन्टिलेटरमा आमा’मा २९ वटा निबन्धहरू सङ्गृहित छन् । ‘खासमा यो मेरो सम्झनासङ्ग्रह पनि हो,’ निबन्धकार केसीले भने, ‘केही मान्छे, केही घटना अनि केही सन्दर्भलाई स्मृतिको तानमा हालेर ‘केही’ बुन्न खोजेको छु । केही दिवङ्गत प्रिय मान्छेका बारेमा केही पृष्ठ अर्पण गरेको छु, बाल्यकाल र किशोरवयमा सयर गरेको छु, भोगाइ तथा जियाइसँग जोडिएका केही मुद्दा र सवालमा टिप्पणी गरेको छु ।’ केसीले निबन्धमा आफूले बाँचेको समय र समाजका मिठास र कटुता, जलन र शीतलता, प्रेम र क्रुरतालाई व्यक्त गरेको बताएका छन् ।
लामो समयदेखि व्यंग्य, संस्मरण, निबन्धमा कलम चलाउँदै आएका केसी फुटकर लेखनबाटै निबन्ध विधामा पाठकहरुद्वारा रुचाइएका लेखक हुन् । तिख्खर भाषामा व्यंग्यचेती गद्य लेखन उनको परिचय हो । उनी निबन्धसँगै कविता, कथा, अनुवाद, सम्पादनलगायत सिर्जनकर्ममा सक्रिय छन् । केसीको यसअघि ‘भोकको क्षेत्रफल’कविता सङ्ग्रह प्रकाशित छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_oTbgrkm4up_hnsr28vb1cycbn0gevkshinwak3zaj1dqbmtitlchmiqfjtdoog2udyn6k8u.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया