जलवायु परिवर्तनको मुद्दामा नेपाल-अस्ट्रेलिया एक हुनुपर्छः सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले जलवायु परिवर्तनको मुद्दामा एक भएर नयाँ सम्भावना खोज्नु पर्ने बताएका छन् । बिदाइ भेटका लागि सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा आएका नेपालका लागि अस्ट्रेलियाका राजदूत पीटर बडसँगको कुराकानीमा सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच ६० वर्ष लामो सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै राजदूत बडले आफ्नो कार्यकालमा सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान गरेको बताए ।
सापकोटाले नेपाल र अस्ट्रेलिया दुवै देश कोभिड-१९ र जलवायु परिवर्तनको चुनौतिको सामना गरिरहेकाले नयाँ सम्भावना खोजिनु पर्ने बताए । हालै नेपाल र अस्ट्रेलियाबीच सुरु भएको सिधा हवाइ सेवा आगामी दिनमा समेत सुचारु रहने विश्वास सापकोटाले व्यक्त गरे।
नेपालमा रहेका भुटानी शरणार्थी व्यवस्थापन र भूकम्पका बेला गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सापकोटाले अस्ट्रेलियाले नेपालमा गरिरहेको बहुआयामिक सहयोग जारी राख्नेमा आशावादी रहेको बताए । नेपालमा अस्ट्रेलियाले सुरु गरेको सामुदायिक वनको अवधारणा गृह जिल्ला सिन्धुपाल्चोकबाटै सुरु भएको स्मरण गर्दै आफूले सम्बन्धित मन्त्रालयको नेतृत्व गर्दा सो क्षेत्रलाई वन अध्ययन केन्द्रका रुपमा अघि बढाएको स्मरण गरे।
राजदूत बडले जलवायु परिवर्तनको मुद्दामा नेपाल र अस्ट्रेलिया एकसाथ हुनुपर्ने बताए । बडले सभामुख सापकोटासँग विदाई भेट गर्दै जलवायु परिवर्तन र मानव अधिकारका क्षेत्रमा नेपाल–अस्ट्रेलियाबीचको सहकार्य जारी रहने बताए । ‘नेपाल र अस्ट्रेलिया दुबैले जलवायु सम्बन्धि समान संकटको सामना गरिरहेको छ,’ राजदूत बडले भने,‘नेपालमा हिमतालको चुनौति छ, हामी आगलागीको सामना गरिरहेका छौं।’

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया