हत्या अभियोगमा पक्राउ
काठमाडौं– बुढानिलकण्ठ नगरपालिका–८ भंगालमा एक युवकलाई गरेको अभियोगमा एक जनालाई पक्राऊ गरिएको छ । नेपाल प्रहरीेका अनुसार, मोरङ बिराटनगर घर भएका ३० वर्षीय राज खड्कालाई चक्कु प्रहार गरी हत्या भएको थियो ।
हत्या अभियोगमा त्यही ठाउँ बस्ने ताप्लेजुङ घर भएका ३५ वर्षीय प्रदिप लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदिपले खड्कालाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगन्ज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते खडकाको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हत्या सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

प्रतिक्रिया