मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जना पक्राउ

काठमाडौँ -   सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खातामा रहेको कूल ७० करोड ८७ लाख १३ हजार ८ सय २१ रुपैयाँ ३२ पैसा रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर ट्याङलाफाँट वतन भएका सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष, पूर्व सभासद एवं सिभिल बैंकका अध्यक्ष ५७ वर्षीय इच्छाराज तामाङ, काठमाडौं महानगरपालिका-१६ का उक्त को-अपरेटिभका संचालक समितिका अध्यक्ष ६२ वर्षीय केशवलाल श्रेष्ठ, काठमाडौं महानगरपालिका-१२ का ६२ वर्षीय सहजकर्ता प्रबन्धक ६२ वर्षीय भगवान बहादुर सिंह, काठमाडौं कीर्तिपुरकी जुनियर असिसटेन्ट मेनेजर ५० वर्षीया मायोनानी महर्जन पक्राउ परेका हुन् ।

त्यस्तै  भक्तपुर नगरपालिका-११ की जुनियर असिसटेन्ट मेनेजर ४४ वर्षीया एलिना तुलाधर, झापा घर भएका जुनियर अधिकृत ४५ वर्षीय शंकरप्रसाद पाठक, काभ्रेका २५ वर्षीय संगित श्रेष्ठ, काठमाडौं कीर्तिपुर घर भएका लेखा अधिकृत ३३ वर्षीय राकेश महर्जन, काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-६ बस्ने सिन्धुली दुधौली नगरपालिका-७ घर भएका जुनियर सहायक प्रबन्धक ४० वर्षीय बुद्धराज तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ घर भएका जुनियर सहायक प्रबन्धक ३७ वर्षीय कौस्तुभ केतन ढुंगाना, नुवाकोट विदुर नगरपालिका-२ का सिभिल होम्सका वरिष्ठ प्रबन्धक ४३ वर्षीय विजय विक्रम शाह र काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने मकवानपुर चित्तलाङ घर भएका पूर्व लेखा समिति सदस्य ४६ वर्षीय हरिहर लामिछाने रहेका छन् । 

निक्षेपकर्ता सदस्यहरूले जम्मा गरेको रकम बचत तथा मुद्दती खाताको अवधि पुगीसकेपछि खाताबाट रकम झिक्नको लागि सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरूलाई पटक-पटक ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा ब्याज रकम उपलब्ध गराइ दिनेतर्फ आवश्यक पहल नगरेको तथा उक्त लिमिटेडमा रहेका सर्वसाधारणको बचतको ठूलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्रावधान विपरीत एकै व्यक्ति संस्थापक रहेको विभिन्न परियोजनामा लगानी गरेको आरोप लागेको छ । त्यस्तै उक्त लगानीबाट प्राप्त लाभ चरम बेतिथिका कारण संस्थाले प्राप्त गर्न नसकी उक्त लिमिटेड जोखिममा रही सहकारी संस्थाबाट कर्जा लगानी भई सम्पन्न गरिएका परियोजनाबाट निर्माण गरिएका संरचना विक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाइ विदेशी मुलुकमा समेत लगेर सम्पत्ति शुद्दिकरणको कसूर गरेको हुनसक्ने आशंकाको बीच सहकारी ऐन, २०७४ को दफा (१२२) बमोजिमको कसूर गरेको देखिएकोले उक्त कार्यमा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । 
 
उनीहरूमाथि आवश्यक कानुनी कारबाही भइरहेको तथा अन्य निक्षेपकर्ता तथा सर्वसाधरणहरूले उक्त को-अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुन अनुसार थप कारबाहीकाे लागि ब्यूरोमा सम्पर्क गर्न भनिएको छ ।  
 

एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सहकार्य, चार्जिङ स्टेसन र रेष्टुरेन्टमा विशेष छुट

एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सहकार्य, चार्जिङ स्टेसन र रेष्टुरेन्टमा वि…

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्तार

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध