श्रीमती बिक्री गर्ने श्रीमान् पक्राउ
काठमाडौँ – श्रीमतीलाई भारतको आगरास्थित कोठीमा बिक्री गरेको आरोपमा उनका श्रीमान पक्राउ परेका छन् । उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ३४ वर्षीय श्रीमानले ०७१ सालमा पीडितलाई बिक्री गर्नुअघि उनीहरूबाट ५ सन्तान जन्मिएका थिए। प्रेम सम्बन्धपछि उनीहरूबीच विवाह भएको थियो । आरोपित श्रीमानले एक लाख ६० हजार रूपैयाँ लिएर ती महिलालाई पासाङ तामाङमार्फत काठमाडौंको बालाजुस्थित एक महिलाको जिम्मा लगाएको प्रहरीको भनाइ छ ।
ती महिलाले मासिक १० हजार रूपैयाँ पारिश्रमिक पाउने कामको बहाना देखाएर नाताले भिनाजु बताउने व्यक्तिको जिम्मा लगाएको र ती व्यक्तिले सुनौली नाका हुँदै उनलाई दिल्ली पुर्याएको ब्युरोले जनाएको छ । पीडित महिलाले आगरास्थित कोठीमा ८ महिना काम गरेकी थिइन्। पछि उनलाई फेरी दिल्लीमा ल्याएर कोठीमा काम लगाइएकोमा ३१ जेठ ०७८ मा त्यहाँबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । ब्युरोले पीडित महिलाका श्रीमान र पासाङ तामाङलाई पक्राउ गरेको छ ।

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

प्रतिक्रिया