नेकपा (माओवादी केन्द्र)मा आठ पूर्वराजदूतको ‘इन्ट्री’
काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले पूर्वराजदूतहरूलाई समेटेर पार्टीको विदेश मामिला विभाग गठन गरेको छ । नेता सुरेन्द्र कार्कीको संयोजकत्वमा बनेको ३१ सदस्यीय विभागमा आठ जना पूर्वराजदूत अटाएका छन् ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसहित पूर्वराजदूतहरू डा. महेश मास्के, पदम सुन्दास, महेन्द्र सिंह, ऋषिराम अधिकारी, लक्की शेर्पा, युवनाथ लम्साल र राममणि पोखरेल विभागमा परेका छन् ।
माओवादी केन्द्रका अनुसार विभागमा जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रूपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टीबी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन र श्यामकुमार श्रेष्ठ सदस्य छन् ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया